२०८३ असार १८, बिहिबार

नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश हुँदै

सरकारले उपलब्ध गराउँदै आएको राष्ट्रिय परिचयपत्र अब नागरिक एपमा पनि समावेश हुने भएको छ। नागरिक एपमा हाल सवारीचालक अनुमतिपत्र (लाइसेन्स), स्थायी लेखा नम्बर ९प्यान०लगायत विभिन्न विवरणहरू उपलब्ध छ।

एपमा अब राष्ट्रिय परिचयपत्र पनि उपलब्ध हुने भएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिक एपसँग आबद्ध गर्न आवश्यक प्राविधिक काम भइसकेको जनाएको छ। विभागका सूचना अधिकारी शिवराज सेढाईंले नागरिक एपमा समावेश गर्न आवश्यक सिस्टम बनिसकेको बताए।

नागरिक एपमा काम गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले आउँदो साता राष्ट्रिय परिचयपत्र समावेश हुने बताएका छन्। यससँगै नागरिक एपको आवश्यकता वा परिचयपत्रको आवश्यकता परेको ठाउँमा मोबाइल एपबाटै पनि देखाउन सकिनेछ।

नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश गरिएसँगै यसलाई विभिन्न सरकारी सेवामा प्रयोग गर्नसकिने व्यवस्था गरिने भएको छ। कुन–कुन सेवामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको ती अधिकारीले बताएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्