दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईं हाजिरी जमानीमा रिहा भएका हुन् ।
उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंलाई यसअघि पनि माघ ५ गते पोखराबाट पक्राउ गरिएको थियो । त्यसपछि उनी माघ ६ गते हाजिरी जमानीमा रिहा भएका थिए ।
निर्वाचन गतिविधि गरेको अभियोगमा उजुरी परेपछि प्रसाईं फेरि पक्राउ परेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्