२०८० चैत्र १६, शुक्रबार

रास्पाको सभापतिमा पुन: लामिछाने नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षमा रवि लामिछाने पुन: नियुक्त भएका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेलाई वि।सं।२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिए। साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट स्वतः पदच्युत भएका थिए । नयाँ नागरिकता लिएसँगै उनलाई पार्टीको अध्यक्ष बनाउन बाटो खुलेको हो ।

 

प्रतिक्रिया लेख्नुहोस्