आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आठौं महाधिवेशन समयमै गर्न नसकिएको बताएका छन्।
सातौं महाधिवेशनबाट अध्यक्ष लिङ्देन निर्वाचित भएका लिङ्देनसहित यो केन्द्रीय समितिको कार्यकाल मंसिर १७ गते सकिएको थियो।साथै लिङ्देनले आन्दोलन र निर्वाचनका लागि तयारी गर्नुपर्ने समेत बताए ।
‘हामीले समयमै जिल्ला अधिवेशनहरू गर्न नसक्दा आठौं महाधिवेशन गर्न सकिएन। कार्यसम्पादन समिति बैठकबाट ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने गरी सबै तहको कार्यकाल थपिएको छ,’ अध्यक्ष लिङ्देनले भने।
अध्यक्ष लिङ्देनले स(साना विषयमा बैठकहरू अवरूद्ध गर्न नहुनेमा जोड दिए भने एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए। लिङ्देनले राजा, दलहरू र जेनजीु बीच नवीन समझदारी गरेर जान राप्रपाले जनदबाब सिर्जना गरेर जानुपर्ने बताए। साथै आन्दोलन र निर्वाचनका लागि तयारी गर्नुपर्ने बताए।







प्रतिक्रिया लेख्नुहोस्