प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने भएको छ ।
शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने भएको छ ।
आज शपथ लिन लागेकामा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
यो विस्तारसँगै मन्त्रिपरिषद १४ सदस्यीय पुग्नेछ।







प्रतिक्रिया लेख्नुहोस्