राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन्।
झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही माग गर्दै वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका हुन्।
सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खलब्ल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरू पत्ता लगाई हदैसम्मको कारबाही गरिपाऊँ’ भन्दै वाग्लेले उजुरी दिएका हुन्।
अफवाह फैलाउने व्यक्ति र समूहहरू पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न पनि उनले माग गरेका छन्।
आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाले प्रेषित गरेका सामग्रीले मेरो प्रतिष्ठामाथि आँच पुर्याउने खराब नियत राखेको पाएको छु,’ उनले साइबर ब्युरोमा दिएको उजुरीमा उल्लेख गरेका छन्।







प्रतिक्रिया लेख्नुहोस्