उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै विद्युत् खपत निरुत्साहित गर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले उल्टै करको भार थपेको भन्दै आपत्ति जनाए।
उनले विद्युतमा भ्याट, विद्युतीय सवारीमा महँगो कर तथा चार्जिङ स्टेसनमा कर लगाउने नीतिले विद्युतीकरणलाई निरुत्साहित गर्ने बताए।
घिसिङका अनुसार विद्युत् महँगिँदा उद्योगको उत्पादन लागत बढ्ने र त्यसको असर चामल, डन्डी, सिमेन्ट, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्नेछ।
उनले ग्यास, पेट्रोल र डिजेलको प्रयोग घटाएर विद्युत् खपत बढाउने नीति लिनुपर्नेमा जोड दिँदै विद्युतमा भ्याट हटाउन सरकारसँग माग गरे।
विद्युत्को खपत बढाउँदा पेट्रोलियम पदार्थको आयात घट्ने र विदेशी मुद्रा जोगाउन सकिने भन्दै घिसिङले कर बढाएर राजस्व उठाउनेभन्दा ऊर्जा आत्मनिर्भरतातर्फ अघि बढ्ने नीति आवश्यक रहेको बताए।







प्रतिक्रिया लेख्नुहोस्