२०८३ भदौ १५, सोमवार

रास्वपाको केन्द्रीय समिति बैठक आज, दिउँसो साढे ४ बजे बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो ४ः३० बजे बस्ने भएको छ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो।बैठकमा देशका विभिन्न स्थानमा देखिएको विपद् तथा त्यससँग सम्बन्धित व्यवस्थापनका विषयमा छलफल हुने भएको छ।

विशेषगरी विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गरिने प्रवक्ता खरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्