२०८३ असार १८, बिहिबार

दैलेखमा घाँटी रेटेर शिक्षकको हत्या

दैलेखमा घाँटी रेटेर एक शिक्षकको हत्या गरिएको छ । दैलेखको गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको हो ।

उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपीले जानकारी दिएका छन् । ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्