कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्