सिरहाको लहानमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी लहान नगरपालिका–३ प्रगति टोलस्थित डेरामा मृत फेला परेकी हुन् ।
कोठाको चुकुलभित्रबाट लगाएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपीले जानकारी दिएका छन् । बिहानैदेखि रातिसम्म बाहिर ननिस्किँदा घरधनीले खोजबिन गरेका थिए । त्यस क्रममा उनको ढोका तोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् । घटनाका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
घटना आत्महत्या वा हत्या के हो भन्न सकिने अवस्था नभएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्