२०८३ असार २२, सोमवार

५ किलो चरेससहित एकजना पक्राउ

धादिङमा ५ किलो चरेससहित एकजना पक्राउ परेका छन् ।

धुनिवेशी नगरपालिका–६ नौविसेस्थित सडकबाट अवैध लागूऔषध चरेससहित सिरहा सुखिपुर नगरपालिका–२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई बिहान प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रूपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेससहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्