राजधानीबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले राजधानीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो ।
काठमाडौंको १६ सितापाईलास्थित छाउने मार्गमा रहेको एक रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली सहित तारकेश्वर नगरपालिका वडा नम्वर ३ जितपुरफेदी बस्ने सोनाम तामाङ पक्राउ परेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजीले जानकारी दिएका छन् ।
तामाङलाई अनुसन्धानका लागि सशस्त्र प्रहरीले महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाएको जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्