जुम्लाको पातरासीमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
शनिबार पातरासीको बडखोलीमा भे १ ज ५८८ नम्बरको जिप दुर्घटनामा नौ जना घाइते भएको प्रमुख जिल्ला अधिकारीले बताएकी छन् । जिप सडकबाट खोलामा झरेको छ । घटनास्थलमा प्रहरी खटिएको छ । उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइते सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको प्रजिअले जानकारी दिएकी छन् ।







प्रतिक्रिया लेख्नुहोस्