२०८३ बैशाख १३, आइतवार

धनुषामा जुवाखालबाट डेढ लाख रुपैयाँ भन्दा बढी रकमसहित दुईजना पक्राउ

धनुषामा जुवाखालबाट डेढ लाख रुपैयाँ भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्र नगरपालिका वडा नम्बर ६ का ६० वर्षीय लक्ष्मी राउत र सोही स्थान घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्दै आएका ५१ वर्षीय फेकन चौधरी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएका छन् । प्रहरीले जुवाको खालबाट १ लाख ६६ हजार ३०५ रुपैयाँ बरामद गरेको छ।

आइतबार राति जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ११ बाहुनमारा स्थित मानबहादुर थापाको गोठ–घरमा जुवा खेल्ने दुईजनालाई पक्राउ गरिएको र अन्य १०–१२ जना फरार छन् ।

प्रतिक्रिया लेख्नुहोस्