२०८३ बैशाख १९, शनिबार

ईटा उद्योगहरुको दिवा शिशु स्याहार केन्द्रका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

ईटा उद्योगहरुमा संचालन गरीने दिवा शिशु स्याहार केन्द्रका कर्मचारीहरुलाई तीन दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

ललितपुर महानगरपालिका वडा नं. २२ बुङ्गमतीमा रहेको ५ वटा, चन्द्रागिरि नगरपालिका वडा नंं ३ थानकोटमा १ वटा र वडा नंं. १४ नैकापमा अवस्थीत १ वटा ईटा उद्योगहरुमा संचालन गरीने दिवा शिशु स्याहार केन्द्रका कर्मचारीहरुलाई तीन दिने क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

बाल संरक्षण, प्रारम्भिक बाल विकास केन्द्रको विषयमा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल विकास समाजसँगको साझेदारीमा संचालित ईटा उद्योगमा रहेका बालबालिकाहरुको उत्थानशिल परियोजना अन्र्तगत तालिमको आयोजना गरिएको थियो । तालिममा १५ जना कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तालिमको सहजीकरण सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्रशिक्षक नर बहादुर पाख्रिन र बाल विकास समाजको संरक्षण अधिकृत प्रकाश सुनुवार, बित्तिय व्यवस्थापक सम्झना ढकालले गर्नुभएको थियो ।
बालबालिकाहरुलाई शिक्षा, आराम, खाना, मनोरञ्जन अत्यन्त आवश्यक हुने विषयमा छलफल भएको थियो । तालिम २०७८ मंसीर ५ देखी ७ गते सम्म भएको थियो ।

ईटा उद्योगहरुको सिजनमा काम शुरु भएसँगै बाहिरी जिल्लाहरुबाट कामदारहरु उद्योगमा काम गर्न आईपुग्छन् । साथसाथै आफ्ना बालबालिकाहरु पनि लिएर आउने हुनाले ईटा उद्योग बालबालिकाहरुलाई राख्ने व्यवस्था गरिन्छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धि निर्देशिका २०७४ ले हरेक ईटा उद्योगहरुमा दिवा शिशु स्याहार केन्द्रको व्यवस्था गरिनुपर्ने प्रावधान गरेको छ ।

बालबालिकाहरुको लागि ईटा उद्योग एकदमै जोखिमको क्षेत्र रहेको हुनाले २ वर्ष देखि ६ वर्ष उमेर समुहका बालबालिकाहरुलाई ईटा उद्योगसँगै समन्वय गरी संचालन गरीएको दिवा शिशु स्याहार केन्दबाट सेवा प्रदान गरिन्छ । हरेक स्याहार केन्द्रमा १ जना शिक्षिका र १ जना सहयोगीको व्यवस्था गरिएको हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्