प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन्।
प्रधानन्यायाधीश जबराले दुई एकलसहित आठ संयुक्त इजलास तोकेका हुन्। १० इजलासमा २२६ मु्द्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ। सबै इजलासमा बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ।
यता नेपाल बार एसोसिएसनले भने आन्दोलन जारी राखेको छ। बारले बुधबार पनि सर्वोच्चको मूल गेटमा धर्ना दिएको छ। बारले जबरालाई बहिर्गमनका लागि दबाब दिन सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्