सर्वोच्च अदालतमा आगामी बुधवार (मंसिर १५ गते)देखि गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारीले जानकारी दिएका छन्।
‘गोलाप्रथाद्वारा बेञ्च गठन हुनेछ। केही प्रक्रिया टुंगो लाग्न बाँकी छ,’ उनले भने।







प्रतिक्रिया लेख्नुहोस्