२०८३ बैशाख १९, शनिबार

मामाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ

काठमाडौँमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनको भान्जा १९ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले पक्राउ परेको हो ।महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षकका अनुसार गत मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेका थिए ।

कुटपिट पछि घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो । लुङगेनीलाई धादिङको थाक्रेबाट पक्राउ गरिएको पगेनीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्