२०८३ बैशाख १८, शुक्रबार

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा सोमबार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप दुर्घटना भएको हो।

प्रहरी निरीक्षकका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन्।उनीहरू सबै बेगका बासिन्दा हुन्। गौमाया रघुगङ्गा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन्। पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। रासस

प्रतिक्रिया लेख्नुहोस्