२०८३ असार ५, शुक्रबार

मलेसियामा रहेका एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो ।

मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए। उनको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाईएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि त्यहाँ रहेको नेपाली दूतावाससँग समन्वय गरी शवलाई नेपाल पठाईदिने कम्पनी प्रशासनले जानकारी दिएको छ । विगत पाँच वर्षदेखि मलेसियामा कार्यरत रहेका मृतक ठाकुरका बुबाआमा, श्रीमती र छोराछोरी छन् ।

प्रतिक्रिया लेख्नुहोस्