इन्डोनेसियाको जाभा टापुमा शनिबार ज्वालामुखी विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने, दजर्नौँ घाइते भएका छन्। ज्वालामुखी विस्फोट हुँदा त्यहाँका बासिन्दाहरूले माउन्ट सेमेरुबाट धुवाँको बादल उड्दै गरेको दृश्यहरू खिचेका छन्।
बाक्लो धुवाँले स्थानीय गाउँमा अन्धकार बनाएको थियो।त्यहाँका अधिकारीहरूले कम्तीमा ५७ जना घाइते भएको र केही घाइतेको शरीर धेरै जलेको बताएका छन् । इन्डोनेसियाको प्रकोप न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ताले घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् ।
ज्वालामुखीका कारण लुमाजाङ जिल्लाका ११ वटा गाउँमा असर पारेको छ। सो क्षेत्रबाट हालसम्म ९ सय बढीलाई सारिएको अधिकारीहरूले बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्