२०८३ बैशाख १८, शुक्रबार

इमरान खानले विपक्षीलाई सरप्राइज दिने : ऊर्जामन्त्री हमद

पाकिस्तानका ऊर्जामन्त्री हमद अजहरले प्रधानमन्त्रीले आजको खेलमा जित हासिल गर्ने कुरामा आफू पूर्ण रुपमा विश्वस्त भएको बताएका छन् ।

मिडियासँगको कुराकानीमा उनले इमरान खानले विपक्षीलाई सरप्राइज दिने बताएका छन् । इमरान खान सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावलाई उनले विदेशी षड्यन्त्र बताउँदै यो वर्तमान सरकारको विदेश नीतिलाई निस्तेज गराउने कोसिस भएको बताएका छन् ।

उनले पाकिस्तान तहरिक–ए–इंसाफ एक राजनीतिक पार्टी भएकोले यसले असंवैधानिक र गैर कानुनी कुनै पनि व्यवहार नगर्ने विश्वास पनि दिलाए ।

 

प्रतिक्रिया लेख्नुहोस्