२०८३ बैशाख १८, शुक्रबार

कुख्यात जापानी आपराधिक गिरोह याकुजाका नाइके पक्राउ

कुख्यात जापानी आपराधिक गिरोह याकुजाका नाइकेलाई पक्राउ गरेको छ । हेरोइन र मेथाम्फेटामाइन लागूऔषधको तस्करी एवम् श्रीलंका र म्यानमारमा सक्रिय विद्रोहीलाई अमेरिकामा निर्मित विमानभेदी क्षेप्यास्त्र आपूर्ति गर्न लागेको आरोपमा ताकेशी एबिसावालाई अमेरिकाको न्यूयोर्क शहरबाट पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

उनसँगै तीन थाई नागरिकलाई पनि पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्ने थाई नागरिकमा सोम्पक रुक्रसरानी, सोम्फोब सिंघसिरी र सुक्सन जुल्लानन रहेको बताइएको छ । उनीहरूमाथि लागू औषध तथा हतियार तस्करी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।‘लागूऔषध न्यूयोर्कका सडकमा ल्याउन लागिएको थियो भने हतियारको आपूर्ति अस्थिर मुलुकहरूका लागि थियो ।’

न्यू योर्कको दक्षिणी जिल्लाका अभियोजनकर्ता डामियन विलियम्सले विज्ञप्तिमार्फत जानकारी दिए, ‘यो आपराधिक गिरोहका सदस्यहरूले अब मानिसहरूको जीवन खतरामा पार्न सक्ने छैनन् ।’ उनीहरूमाथि सन् २०१९ यता अमेरिकी लागूऔषध कार्यान्वयन प्रशासन ९डीईए० ले थाइल्याण्डमा अनुसन्धान गरिरहेका थिए । उनीहरूले चीनसँग सीमा जोडिएको म्यान्मारका युनाइटेड वा स्टेट आर्मी नामक समूहबाट लागूऔषध खरिद गरी डीईएका जासुसलाई बेच्ने प्रयास गरेको जनाइएको छ ।

एबिसावाले म्यान्मारकै युनाइटेड वा स्टेट आर्मी, करेन नेशनल युनियन र शान स्टेट आर्मीलाई जमिनबाट आकाशमा मार हान्ने सक्ने हतियार बेच्ने योजना बनाएको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ ।

उनले श्रीलंकाका लिबरेसन टाइगर्स अफ तालिम एलम ९लिट्टे० का लागि पनि हतियार खरिद गर्ने योजनामा रहेको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्