२०८३ बैशाख १८, शुक्रबार

आज देशभर सार्वजनिक बिदा, जनकपुरसहितका ठाउँमा विशेष मेला

रामनवमी पर्वका लागि सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आज (आइतबार) का लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले पनि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । रामनवमीमा जनकपुरसहितका ठाउँमा विशेष मेला लाग्ने गर्छ ।

प्रतिक्रिया लेख्नुहोस्