२०८३ बैशाख १८, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा नाबालिकाको मृत्यु

भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा न्युरो अस्पताल काठमाडौँमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्