कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ स्थित मुक्त कमैया बस्तीमा आगलागी भएको छ । आइतबार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । कैलालीका प्रहरी प्रमुखले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिएका छन् । धनगढी र टीकापुरको दमकलको मद्दतमा प्रहरी, स्थानीयवासीहरु मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
उनका अनुसार करिब ४० घर जलेको खबर प्राप्त भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्