२०८३ बैशाख १६, बुधबार

नागढुंगाबाट १२ सय एम्पुल लागुऔषधसहित युवक पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका–२ घर भएका २३ वर्षीय हेमन्त यादव छन् ।

उनी जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.१ ब १२३२ नम्बरको बसमा सवार थिए । आरोपीको साथबाट १२ सय एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपीले बताए । हेमन्तको साथबाट ४ सय एम्पुल डाइजेपाम, ४ सय एम्पुल फेनारगन र नाम नलेखिएको ४ सय एम्पुल लागुऔषध बरामद गरिएको छ ।

नुफ्रिन लेखिएको स्टिकर पनि ४ सय थान बरामद गरिएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्