२०८३ बैशाख १४, सोमवार

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु

चितवनको खैरहनी नगरपालिका–८ मगनी गाउँमा गए राति टेम्पो पल्टिँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइ रहेका छन् । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।

टुंगराबाट पर्सातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गए राती १० बजे अनियन्त्रित भई पल्टिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्