सप्तरीको बोदेबर्साइन नगरपालिका–७ को मुसहरी टोलमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो काम सकेर बेलुकी फर्किने क्रममा खेतको बाटोमा प्र।२–०१–००१ त. २००१ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई पोखरीमा पल्टिँदा ट्रयाक्टरको इन्जिनले च्यापेर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ताले जानकारी दिएका छन् ।
उनको शवलाई कानुनी प्रतिक्रिया पुरा गरी दुर्घटना भएको ट्रयाक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता काफ्लेले भनाई रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्