मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।
गाउँपालिका-२ को कैलेनी भीर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्