भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । चार तले भवनमा भएको आगलागीमा परी अरु १२ जना घाइते भएका छन् ।
घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेको घटनास्थलमा खटिएका अग्नि नियन्त्रण विभागका सतपाल भारद्वाजले बताए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको जनाइएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ ।सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीपछि दुईजना पक्राउ परेको हिन्दुस्तान टाइम्सले जनाएको छ। नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् । प्रत्येक मृतकका परिवारलाई जनही २ लाख भारु दिने मोदीको घोषणा छ ।







प्रतिक्रिया लेख्नुहोस्