रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गए राति ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्र्याक्टर चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्