२०८३ असार ३०, मङ्लबार

आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन

सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।

उनको मंगलबार राति करिब १२ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले उपचारका क्रममा मण्डलको निधन भएको पुष्टि गरेका छन्।

यसैबीच, सर्लाहीका सांसद अमरेश कुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत मण्डलको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले उपचारमा कुनै कसर बाँकी नराखिए पनि उनलाई बचाउन नसकिएको उल्लेख गर्दै मण्डलको परिवारलाई आफूबाट हुन सक्ने हरेक सहयोग आजीवन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्