विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सलाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर ८९ रनमा नै अलआउट हुन पुग्यो ।
आफ्नो तेस्रो खेलमा विराटनगरले १७ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ८९ रन बनाएको हो । विराटनगरका लागि लिल्सान मुनाविराले सर्वाधिक २५ रनको योगदान गरे । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे । विराटनगरका लागि सुमित महर्जनले १३ रन बनाउँदा आसिफ शेख र अनिल शाहले ११ रन जोडे ।
बलिङतर्फ धमिका प्रसाद र आरिफ शेखले समान तीनरतीन विकेट लिए । त्यस्तै, अविनाश बोहोराले दुई विकेट लिँदा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान एकरएक विकेट लिए ।पहिलो खेलमा पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाले दोस्रो खेल चितवन टाइगर्ससँग वर्षाका कारण स्थगित हुँदा तेस्रो खेलमा विराटनगरसँग खेलेको हो ।
यता, पहिलो खेलमा चितवनसँग पराजित भएको विराटनगरको काठमाडौं किग्स–११ सँगको दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो । भैरहवाले प्रतियोगितामा १ अंक जोडेको छ । विराटनगर अंकविहीन छ ।







प्रतिक्रिया लेख्नुहोस्