प्रथम नगर आइडल बिजेता राजकुमार खड्काको भेना साली गीत सार्वजनिक भएको छ। छायानाथ रारा नगरपालिकाद्वारा आयोजित प्रथम नगर आइडल बिजेता राजकुमार खड्काको भेना साली गीत आज मंगलबार सार्वजनिक भएको हो ।
हिक्मत शाही क्षितिजको शब्द र संगीतमा रहेको उक्त गीतमा टीका पुन, राजकुमार खड्का, हिक्मत शाही क्षितिजले स्वर दिएका छन, भने मुख्य अभिनय तर्फ चर्चित बालकलाकार सुप्रीम मल्ल ठकुरी, उर्मिला दिब्यश्वरी शाही, सैलेश हमाल र अभिनय तर्फ ममता मल्ल,धनराज ठकुरी,हिक्मत शाही क्षितिज, कल्पना मल्ल, राजकुमार खड्का र प्रमिला शाहीले गर्नु भएका छन्।
गाउँको गोठ र बनपाखामा गाइने देउडा गीतलाई अब सहरको स्टेजमा गुन्जिनु पर्छ भन्ने सन्देश दिएको भेना साली गीत स्वयम् हिक्मत शाही क्षितिजको कथा, हरिष धितालको निर्देशन र कृष्ण मल्ल ठकुरीको व्यवस्थापनमा सम्पन्न भएको छ।
प्रतिक्रिया लेख्नुहोस्