२०८१ माघ २४, बिहिबार

पर्यटकीय नगरी इलामको सुन्दरताको वर्णन गरिएको गीत ‘स्वर्गसरी इलाम’ सार्वजनिक(भिडियोसहित)

गीतकार गौतम डंगोल ‘सन्देश’ले शब्द श्रृजना रहेको ‘स्वर्गसरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ । पर्यटकीय नगरी इलामको सुन्दरताको वर्णन गरिएको डंगोलको गीतको सार्वजनिक भएको हो ।

गीतलाई संगीतकार भीषण निरौलाले लयबद्ध गरेका हुन् भने प्रदिप श्रेष्ठले वाद्य सम्योजन गरेका हुन् । भिषण निरौला र झुमा निरौलाको सुमधुर स्वरवाट सुसज्जित गरिएको छ । गीतको अडियो रेकर्डिङ्ग ७ वर्ष पहिले गरिएको गीतकार सन्देशले बताए ।

ललितपुरका रैथाने डंगोलले इलाम बसाईका क्रममा इलाम तथा इलामेलीहरुको विषयमा बनेको धारणालाई गीत मार्फत प्रस्तुत गरेका छन् । प्राकृतिक सुन्दरताले भरपुर इलामलाई स्वर्ग संग तुलना गरिएको छ ।भने ब्रम्हाण्डमा वास्तवमै स्वर्ग अस्तित्वमा छ भने पक्का पनि त्यो इलाम जस्तै हुनुपर्छ भन्ने सरल मनोआंकलन गरिएको छ ।

यसैगरी भिडियालाई अञ्जन शर्माको निर्देशनमा कलाकार तथा प्राविधिकहरु सम्मीलित १५ जनाको टोलीको पस्तुती रहेको छ । भने सन्तोष पोखरेल आदित्य र ज्ञान कमार कट्टेलको सहायक निर्देशन, राम के.सी.को सिनेमाटोग्राफी, राकेश दहालकोे ईडिट, विवस रेग्मी, दिपक पराजुली, सम्झना सापकोटा र मीनु कुमाईको अभिनय तथा ललितपुर, सुनाकोठीका रैथाने किरण महर्जन “सिंह” को निर्माण रहेको छ ।

कन्याम, फिक्कल, पशुपतिनगर, श्रीअन्तु, आइतवारे, मंगलवारे, साखेजुङ्ग, सन्दकपुर, माईपोखरी, देउराली, माईखोला, पुवाखोला, नाम्सालिङ, नयाँ बजार जस्ता प्राकृतिक सुन्दरताले सुसजित ठाउँहरुको सिलसिलेवार वर्णन गरिएको यस गीतमा पाथीभरा, पञ्चकन्या, सेतीदेवी तथा नारायणस्थान जस्ता धार्मिक आस्थाका हिसावले अत्यन्त महत्वपूर्ण ठाउँहरुलाई विशेष महत्वका प्रस्तुत गरिएको छ ।

गीतकार डंगोल नेपाली तथा नेवारी साहित्य योगदान दिँदै आएका छन् ।उनका आधा दर्जन गीतहरु सार्वजनिक भइसकेका छन् । उनी नेशनल ब्राण्ड म्युजिक अवार्ड २०७७ को उत्कृष्ट नव आधुनिक गीतकार विधा तथा नीम्स अवार्ड २०७८ को उत्कृष्ट पप गीतकार विधावाट सम्मानित भईसकेका छन् ।

गौतम डंगोल विद्युत नियमन आयोगको सदस्य रहेका छन् । उनी नेपालका ४ ठुला वाणिज्य बैंकहरुका विभिन्न पदहरुमा रहि काम गरको १८ वर्षे बैंकिङ्ग कार्यानुभव रहेको छ । कुमारी बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, सनराईज बैंक लिमिटेड र एन आई सि एसिया बैंक लिमिटेडमा कार्यरत रहँदा सदस्य डंगोलले ईलाम शाखा प्रबन्धक, बौद्ध शाखा प्रबन्धक, कर्जा प्रशासन विभाग प्रमुख, मानव संसाधन विभाग प्रमुख, कर्जा संचालन विभाग प्रमुख, कर्जा नियन्त्रण विभाग प्रमुख, वागमती प्रदेश कर्जा असुली विभाग प्रमुख तथा संचालन विभाग उपप्रमुखको भूमिका सफलतापूर्वक निर्भाह गरिसकेका छन् ।

हेर्नुहोस् उक्त गीतको भिडियो 

प्रतिक्रिया लेख्नुहोस्