२०८३ बैशाख १८, शुक्रबार

यु-१९ एसिया कपमा नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ ।

सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ ।नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।

नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।

प्रतिक्रिया लेख्नुहोस्