२०८३ बैशाख १६, बुधबार

तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य बढ्यो

तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ तोकेको थियो ।त्यसपछि कातिक २२ गते कारोबार खुल्दा छापावाल सुनको मूल्य १५ सयले बढेर ९२ हजार ५ सय रुपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पुगेको थियो । त्यसयताका दिनमा कात्तिक २३ गतेमात्र सुनको मूल्य घटेको छ ।

त्यसबाहेक अन्य सबै दिन बढेको सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ पुगेको महासंघले बताएको छ । यो आइतबार कारोबार खुलेको दिनदेखि अन्तिम कारोबार दिनसम्ममा ३४ सयको वृद्धि हो ।यस्तै, यो साता चाँदीको मूल्यमा ६० रुपैयाँको वृद्धि आएको छ । कात्तिक १८ गते तोलामा १२ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ हिजो शुक्रबारसम्ममा १२ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्