२०८३ भदौ १६, मङ्लबार

सुनको मूल्यमा भारी गिरावट, तोलामा २४ सय रुपैयाँले घट्यो

साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्