नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५ सय ४१ जनाको नमुना परीक्षण हुँदा १ हजार १ सय ५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो । यस्तै १ हजार १ सय १३ जना संक्रमणमुक्त हुँदा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाण्डु उपत्यकामा ३ सय ३५ जना संक्रमित भेटिएका छन् ।
जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाण्डु जिल्लामा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार १ सय १३ रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्