२०८३ असार ५, शुक्रबार

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या कति पुग्यो ?

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३ सय ६८ जनामा गरिएको नमुना परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ९ सय ३८ जना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १५ रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्