२०८३ बैशाख १५, मङ्लबार

पछिल्लो २४ घण्टामा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा १२ हजार ४ सय २ जनामा नमुना परीक्षण गर्दा ४ सय १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय ७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४ सय ४८ पुगेको छ । यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कुल संक्रमितमध्ये ७ लाख ९८ हजार ५ सय ४४ जना निको भएका छन् । हाल देशभर ७ हजार ३ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्