२०८३ बैशाख २३, बुधबार

नेपालकै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । शाक्य बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएकीहुन् । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

पौडेलले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाक्यले बुधबार नै शपथ लिएकी छन् । मुख्यमन्त्री नियुक्त भएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनु अगाडि संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गरिएको हो ।

शाक्यलाई दलको नेता चुन्ने एमाले दलको बैठकमा तीन जनाबाहेक सबै सांसद उपस्थित थिए। बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि माधव नेपाल समूहकी नेतृ शाक्यलाई मुख्यमन्त्री दिएर ओली समूहले स्वागत गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्