माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् । पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेकी हुन् ।
यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा खनाखत गरेका छैनन् । लुम्बिनीमा दोस्रो पुस्ताका रूपमा परिचित एमालेका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरू एमालेमै बसेपछि लुम्बिनी प्रदेशसभा सदस्य पन्थी पनि तथस्ट बसेका हुन् ।
एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि दोस्रो पुस्ताका नेताहरू एमालेमै रहदा नेपाल कमजोर बनेका हुन् । लुम्बिनीमा एमालेका ३७ जना प्रदेशसभा सदस्य छन् ।







प्रतिक्रिया लेख्नुहोस्