२०८३ बैशाख २१, सोमवार

प्रधानन्यायाधीशले गरे ९ इजलास गठन

बारको धर्ना र असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ इजलास गठन गरेका छन् । ती इजलासमा १ सय ८६ मुद्दाको पेसी चढाइएको छ ।

आज दुई एकल र सात संयुक्त इजलास तोकिएको छ ।प्रधानन्यायाधीशको राजीनामा एक मात्र एजेण्डा बनाएर असन्तुष्ट ‘विद्रोही न्यायाधीश’ मा विभाजन आइसकेको छ । हिजो ६ न्यायाधीश इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ गरेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई बारले अस्वीकार गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्