सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो ।
सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको जानकारी एक न्यायाधीशले बताएका छन् । सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको हो ।यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् ।
यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ । नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फकिने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने जनाएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्