अफगानिस्तानबाट थप ५ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई आज कतार एयरवेजको नियमित उडानबाट उनीहरु काठमाडौं फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई नेपाल आइपुगेको मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।
आएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको जानकारी दिइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्