२०८३ असार ५, शुक्रबार

कर्णालीका ४ सांसदमाथि एमालेको कारवाही सर्वोच्चद्वारा सदर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनेक्रममा ‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पार्टीले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै चार सांसदलाई पार्टीले गरेको कारबाही निर्णय सदर गरेको हो ।सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेश आफैले खारेज गर्दै ओलीको भ्याकेटमा फैसला गरेको हो ।

कर्णाली प्रदेशसभाका सांसदहरु प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले ‘फ्लोर क्रस’ गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्