२०८३ बैशाख २१, सोमवार

नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन भन्दैछन् – माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ ।

पार्टी दर्ताको प्रमाणपत्र पाएसँगै बिहीवार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताता नयाँ पार्टी गठन गरेको प्रष्टिकरण दिनुभएको हो ।अध्यक्ष नेपालले हिम्मत नभएकाहरु अरुको पछि लतारिने तर क्रान्तिकारीहरु अघि बढ्ने बताउनुभएको छ । लामो समयसम्म आफ्नो समूहमा रहेर अन्तिम समयमा साथ नदिएका नेताहरुप्रति लक्षित गर्दै नेता नेपालले एमालेमा पीडित भएका देशभरका कार्यकर्ताहरुले आफूलाई साथ दिइरहेको नेता नेपालको भनाइ छ।

यस्तै, अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा जाने बताउननुभएको छ। पाँच दलीय गठबन्धन बनाइ सरकारमा चलाएर संसदलाई पूरा अवधि चलाउने समेत बताउनुभएको छ ।अध्यक्ष नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने बताउनुभएको छ । नेपालले बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएकाले युवा पुस्तालाई नेतृत्व लिन आग्रह गर्नुभयो । नेपालले अब माओवादीसहितका अन्य कम्युनिस्ट दलहरूसँग सहकार्य गर्ने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनिरहेको बताएका छन् ।‘यस्ता चुनौती पटक–पटक सामना गरेका छौं । बाधा अवरोध पन्छाएका छौं । अहिले पनि त्यस्तै छ’, उनले भने, ‘नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन भन्दैछन् । केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्नु भयो । त्यसबेला विद्रोह गरे केही गर्न सकिन्न भन्नेहरु थिए । केही त्यसैमा विलिन भए । पुष्पलालजस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गर्नुभयो । नेतृत्व गर्नुभयो । पुष्पलालले विद्रोह गरेको पार्टीमा हामीहरु धेरै रहेका थियौं ।’ अध्यक्ष नेपालले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्